‘पाताल लोक’ समाजको चित्रण – अनुष्का शर्मा

अनुष्का शर्माले निर्माण गरेको वेव सिरिज ‘पाताल लोक’ विवादमा आयो । नेपाल र नेपाली महिलाको अपमान गरेको भन्दै नेपालमा बिरोध भएको थियो ।

शर्माले भने कुनै पनि अपराधीलाई सकारात्मक मानविय तरिकाले देखाउन नखोजिएको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्,‘हामीले कुनै पनि मानिसको पछाडि एउटा कहानी हुन्छ भनेर देखाउन खोजेका छौ । उसलाई जस्तो तरिकाको व्यवहार गरिन्छ, उ सोही अनुसार नै समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौ र दर्शकलाई नै सही वा गलत छुट्टाउने अधिकार छोडिदिएका छौ ।’

उनले थपिन्,’ हामीले पातल लोक बनाउँदा पनि समाजसँग नजिक हुने कथा खोजेका छौ । आज, मानिसहरुले यसको प्रशंसा गरेको सुन्दा खुशी लागेको छ ।’ उनले नेपाली महिलाको बिषयमा देखाइएको दृश्यलाई लिएर कुनै प्रतिक्रिता दिएकी छैनन् ।