‘पति पत्नी और वो’ ट्रेलर

गुल्सन कुमार र बि आर चोपडाको प्रस्तुति टि सिरिज फिल्मको सहकार्यमा फिल्म ‘पति पत्नी और वो’ को ट्रेलर सार्वजनिक भएको छ । रोमान्टिक कमेडी फिल्म मुदस्सर अजिजको निर्देशनमा तयार भएको हो । फिल्ममा भुषण कुमार, रेणु रवी चोपडा र कृष्ण कुमारको लगानी रहेको छ । उही नाम लिएर १९७८को फिल्मको रिमेक बनेको र रिमेकमा कार्तिक आर्यन, भुमि पेड्नेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ । भने सहयोगी भूमिकामा अपारशक्ति खुराना रहेका छन्।