द अल्केमिस्ट लेखक पाउलोको नजरमा नवाजुद्दीन ‘महान नायक’

द अल्केमिस्ट, एडाल्टरी, द स्पाइ लगायत चर्चित पुस्तकका लेखक तथा ब्राजिलियन गीतकार पाउलो कोएलोले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीलाई महान नायक भन्दै प्रशंसा गरेका छन् । पाउलोले ट्वीट गर्दै नवाजुद्दीनको वेब सीरिज ‘सेक्रेट गेम्स–२’ को समेत तारिफ गरेका छन् । उनले ‘सेक्रेट गेम्स–२’ सिरिजलाई नेट फ्लिक्सको उत्कृष्ट सिरिजमध्येको एक रहेको बताएका छन् । विश्व चर्चित उपन्यासकार पाउलोको प्रशंसा पाएका नवाजुद्दीनले पनि ट्वीट गर्दै उनलाई धन्यवाद दिएका छन् ।

नवाजुद्दीनले ट्वीट गर्दै लेखेका छन्, ‘सर, मैले तपाईँका पुस्तकहरु पढेको छु । ‘द अल्केमिस्ट’ र तपाईँको उपन्यासमा आधारित फिल्म ‘वेरोनिका डिसाइड्स टु डाइ’ पनि हेरेको छु । म सदैव तपाईँको लेखनको प्रशंशक हूँ । तपाईँ जस्तो व्यक्तिको नजरमा पर्न सक्नु र तपाईँद्वारा मेरो नाम उल्लेख हुनु मेरो लागि धेरै ठूलो सम्मान हो । मेरो भावनालाई व्यक्त गर्नका लागि मसँग कुनै शब्द नै छैन । धन्यवाद !’