भदौ २८सम्म ‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’  फोटो प्रर्दशनी

युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेका वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा छानिएका विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी नेपाल कला परिषद, बबरमहलमा शुरु भएको छ ।

देशभरबाट १ सय ८२  जना फोटोग्राफरहरु पठाएका ६ सय ३६ फोटाहरुको मध्ये निर्णायक मण्डलले विजेता सहित उकृष्ट ५४ फोटाहरु छानिएका थिए जसमा ४२ जना फोटोग्राफरहरुको फोटा प्रर्दशनीमा रहेको छ ।

देशको शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक विचको सम्बन्ध , नेपालको बहुभाषिय र अन्तर सस्कृति झल्काउने रहेको फोटाहरु रहेको  संचारिका समुहकी अध्यक्ष तथा यस प्रतियोगिताका निर्णायक नितु पण्डितले बताए ।

युनेस्को नेपालका प्रमुख क्रिस्टियन म्यानहार्टले नेपालको शैक्षिक अवस्थाका बारे फोटो मार्फत जानकारी दिएकोमा सहभागीहरु सबैलाई धन्यवाद दिदै यी फोटाहरु भविष्यका लागी मार्गनिदेर्शन हुने बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्रदर्शनीमा रहेका फोटाहरुले नेपालको शिक्षाको वर्तमान अवस्था र वास्तविकता देखाउने फोटो खिच्ने फोटोग्राफरहरुलाई धन्यवाद दिँदै भने, ‘प्रदर्शनीमा रहेका फोटाहरुले खास गरी औपचारिक शिक्षामा हामी कहाँ छौ भन्ने स्पष्ट पारेका छन् ।’ शिक्षाको गुणस्तर अभिवृद्धि र शिक्षाको पूर्वाधार बनाउन धेरै काम  गर्न बाकी छ भने यसका लागि नीति नियम बनाउन यस प्रदर्शनीले मार्गदर्शन गर्ने उनले बताए । प्रदर्शनी भदौ २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद ) बबरमहलमा प्रदर्शनमा रहने छ ।