मोटाहरुको सौन्दर्य प्रतियोगिता हुदै

‘सिद्धि मिडियाले मोटा पुरुष तथा महिला लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ । ‘मेरो कमजोरी मेरो क्षमता’ नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको आवेदन खुला भएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।

समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कार्यक्रममा निशुल्क प्रशिक्षण लिन सक्नेछन् ।