‘पिएम नरेन्द्र मोदी’ ट्रेलर सार्वजनिक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवन माथि  बनेको फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक भएको छ । मोदीको भुमिकामा विवेक ओबराय रहेका छन् । फिल्ममा विवेकसँगै, सुरेश ओबराय, बर्खा सेनगुप्ता, प्रशान्त नारायण, दर्शन कुमार, बोमन इरानी, मनोज जोसी, किरण पटेल लगायत कलाकारको अभिनय रहेको छ । उमंग कुमारले निर्देशन गरेको फिल्मलाई सुरेश ओबराय, सन्दिप सिंह र आनन्द पण्डितले सयुक्त रुपमा निर्माण गरेका हुन् । यो फिल्म अप्रिल ५ देखि रिलिज हुँदैछ ।