‘पोइ पर्यो काले’ शीर्ष गीत सार्वजनिक

फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, आकाश श्रेष्ठ, श्रीस्टि श्रेष्ठ, पूजा शर्माको साथ्मा सुरक्षा पन्त र स्वाहित मानन्धरले नृत्य गरेका छन् । दशैँतिहार छेको पारेर सार्वजनिक गरिने गीतमा चाडबाडको फ्लेभर आउने गरी गीत र नृत्य तयार गरिएको कोरियोग्राफर लामिछानेले बताए । यहि कार्तिक ८बाट प्रदर्शनमा आउने फिल्मको छायांकन शिव ढकालले गरेका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्म किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।