बोर्ड अध्यक्ष ज्यू, पोष्टर टाँस्नै नपाइने होइन र ?

नेपाली फिल्म ए मेरो हजुर ३ र यात्रा हलमा शुक्रबारबाट लागेका छन् । तर, बिहिबार यात्राको पोष्टर च्यातेर ए मेरो हजुर ३ को पोष्टर च्यातिएको बिषयमा विवाद भयो । यो विवादले उग्र रुप यसकारण लिन पाएन कि, दर्शक फिल्मको पर्खाइमा थिए ।

तर, फिल्मको पोष्टर च्यातिएको बिषयमा यात्राका निर्माता सुशिल पोख्रेलले स्टाटस कोरे । उनको स्टाटसमा आक्रोश सही पनि हो । किनकी, उनी फिल्मका निर्माता हुन् ।

उनकै स्टाटस विकास बोर्डका अध्यक्ष केशव भट्टराइले पनि शेयर गरे । केशव अहिले चलचित्र विकास बोर्डका अध्यक्ष हुन् । केशवले फेसबुकमा लेख्न भन्दाअघि सय बार सोच्न पर्छ ।

पहिलो कुरा काठमाण्डौका भित्तामा पोष्टर टाँस्न पाइदैन । यही भएर दुबै फिल्मका निर्माताले महानगरपालिकाको नियम उल्लंघन गरेका छन् । यी दुबैलाई नियम उल्लंघन नगर भन्ने काम महानगरपालिकले भन्ने हो । यो काम चलचित्र विकास बोर्डको पनि हो । तर, बोर्ड अध्यक्षले पोष्टर च्यातिएको बिषयमा आक्रोश पोख्नु अघि फिल्मको पोष्टर टाँस्ने दुबै फिल्मका निर्मातालाई संझाउनुपर्ने हो या होइन ।

महानगरपालिकाले पोष्टर टाँस्न नपाइने बताइसकेपछि यसको फलो गर्नु निर्माताको कर्तव्य हो । तर, बोर्ड अध्यक्ष नै भाले जुधाइमा लागे भने संझाउने र नियम उल्लंघन गर्नेलाई चेतावनी दिने काम कसले गर्छ ?