पुरुषहरुको तीजबारे अराज केशवको ‘प्रभु’ (भिडियो)

गायक अराज केशवको स्वरमा रहेको ‘प्रभु’ बोलको गीतले तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथा वाचन गरेको छ । कलाकार बुद्धि तामाङ्गका डुव्लिकेटको रुपमा चिनिएका कुमार तामाङ्ग तिजमा व्रत बसेपछि दुईवटी युवतीको प्रेममा पर्छन् । र, अरु युवकलाई पनि तीजमा व्रत बस्न सुझाउँछन् । सार्वजनिक गीतको भिडियोमा अविवाहित पुरुषहरुले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ ।

गीतमा गायक अराज स्वयंको शब्द तथा संगीत छ । भने, शैलेन्द्रमान प्रधानको संगीत संयोजन छ । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियो प्रकाश कुमारले खिचेका हुन् । गीतको भिडियोमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपाली फिचर्ड छन् । चक्रबम, लालबहादुर धामी र मनिष खड्काको स्पेशल अपिरियन्स छ ।