साम्राज्ञीलाई भेट्न जसितासँग किन पुगे प्रदिप ?

अभिनेता प्रदिप खड्कालाई अहिले लुक्ने सोच बढेको छ । संचारकर्मीसँग समेत फेसबुकमा सम्बन्ध विच्छेद गरेर उनी आफ्नो फिल्म लभ स्टेशनको प्रचारमा छन् ।

अब, उनले खै कस्तो प्रचारको योजना बुनेका हुन्, त्यो वुझ्न सकिएन । प्रदिप अभिनेत्री जतिसा गुरुङसँग फिल्म लभ स्टेशनमा काम गरेपछि अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गर्दैछन् । यो फिल्मको छायांकन लभ स्टेशन रिलिजपछि हुनेछ ।

फिल्मका लागि साम्राज्ञीलाई मनाउन प्रदिप उनको घरसम्म पुगेको खबर पनि आएको नै हो । अब, फेरि साम्राज्ञी र प्रदिप एकसाथ देखिएका छन् । यसपटक भने साम्राज्ञी र प्रदिप मात्र होइनन्, जसिता गुरुङ पनि सँगै छिन् ।

प्रदिप र जसिता प्रेममा रहेको खबर पनि सार्वजनिक भएको हो । प्रदिपलाई अहिले साम्राज्ञीसँग जोडी वाध्दा बढी भर लाग्न थालेको कुरा त पक्का नै हो । यही भएर पनि उनी अहिलेबाट नै साम्राज्ञीसँग नजिक हुन थालेका छन् ।

अभिनेता खड्काको अहिलेको काम गराइलाई फिल्मकर्मीले पनि वुझ्न सकेका छैनन् । किनकी, उनी ४ वटा फिल्ममा काम गर्ने वाचा गरेर बसेका छन् । यसले उनको करिअरलाई नै फाइदा नहुने खालको टिप्पणी पनि भएको छ ।

साम्राज्ञीसँग बढी भर पर्दा प्रदिपले कतै आफ्नो स्टारडम विर्सिएका त छैनन् । कि, जसितालाई साम्राज्ञीसँग नजिक बनाउन प्रदिपले यो भेट गरेका हुन् ? जे भएपनि कुरो गहिरो नै छ ।