एक साथ देखिदै प्रदीप र स्वस्तिमा (फोटो सहित)

स्वस्तिमा खड्का र प्रदिप खड्कालाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना पुरा हुने भएको छ । तर उनीहरु फिल्ममा भने एकसाथ देखिन लागेका हैनन् । उनीहरु मोटरसाइकल कम्पनी टिभीएसको बिज्ञापनमा एकसाथ देखिन लागेका हुन् । बिज्ञापन छायांकनको केही तस्विर स्वस्तिमा आफैले सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन् । दुवै चर्चित कलाकारलाई एकसाथ फिल्ममा हेर्ने दर्शकको चाहना समेत चाडै पुरा होस्, शुभकामना ।