प्रज्ज्वलजी अरुको सम्मान गर्न सिक्ने हो कि ?

अभिनेता प्रज्ज्वल सुजल गिरी फिल्म र म्यूजिक भिडियो खेल्छन् । उनको फिल्ममा हिरो भन्दा भिलेको भूमिका बढी छ । उनी हिरो जसरी चलेका छैनन् । प्रज्ज्वल आफै फिल्ममा जम्न संघर्षमा छन् ।

प्रज्ज्वलको स्टाटसमा ध्यान दिउ । प्रज्ज्वलले नेपालमा कविर सिंहको रिमेक बन्न लागेको खबरमा लेखेको स्टाटसले उनको सोच बताउँछ । उनले फिल्ममा अभिनेता हरिहर अधिकारी कविर सिंह बन्ने भन्ने सुनेपछि उनलाई उडाएका छन् ।

उनले हरिहररलाई बौआ भनेका छन् । बौआ अभिनेता साहरुख खानले अभिनय गरेको जिरोको पात्रको नाम हो । जुनमा साहरुख होचो व्यक्ति बनेका छन् । उनले जिरोको नै रिमेक गरेको भए भीएफएक्स नै नगर्ने लेखे । यो प्रज्ज्वलको सोच बताउने स्टाटस हो ।

प्रज्ज्वल आफैले फिल्म नपाएर हैरान छन् । अरुले फिल्म खेल्न लाग्दा प्रोत्साहन गर्नु कता हो कता, अझै उचाई र साइजमा ब्यङ्ग्य गर्न सुहाउँदैन । फिल्ममा चलेको भएपनि यसरी अरु कलाकारमाथि होच्याउनु राम्रो होइन । प्रज्ज्वललाई यो कुरा कसले सिकाउला ?