छोरी जन्मिएको २५औँ दिनमा नाम राखे प्रमोदले

नेपाली परम्परा अनुसार सामान्यतया बच्चा जन्मिएको ११ दिनसम्म न्वारान गर्ने गरिन्छ तर गायक प्रमोद खरेको छोरीको न्वारान २५ दिनमा गरिएको छ । गायक प्रमोद खरेललाई आज भन्दा २५ दिन अगाडी पुत्री लाभ भएको थियो । उनकी धर्मपत्नी दीपा खरेलले आफ्नी छोरीलाई जन्म दिए लगत्तै अस्वस्थ भएर उपचारमा समय लागेको थियो ।

आज गायक खरेलले फेसबुकबाट छोरीको नाम ‘प्रत्याशी खरेल’ राखेको जानकारी दिएका छन् । गायक प्रमोदले फेसबुकमा लेखेका छन्, ‘२५ औं दिनमा आज उनको नाम राखियो । न्वारन विधिले उनको नाम जुराइएको छ । तर पनि उनलाइ हामी ले अर्को मिठो नाम दिएका छौ ,ं( प्रत्याशी खरेल ।’