‘बिर बिक्रम २’को पिजी समिक्षा गर्ने गौतम थुनामा

फिल्म ‘बिर बिक्रम २’ को पिजी समिक्षा गरेको एक फेसबुक पेज र युटुव च्यानल बिरुद्ध फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले मुद्धा दर्ता गरेकोमा पुर्पक्षका लागि थुना परेका छन् । फिल्मको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै नकारात्मक समिक्षा गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि ‘मेम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो बिरुद्ध निर्माण टिमले कानुनी प्रक्रिया अगाडी बढाएको थियो । काठमाण्डौ जील्ला अदालतको आदेश अनुसार गौतम जेल चलान भएका हुन् ।  भने युटुव च्यानल निर्देशक आदर्श मित्र भने धरौटीमा छुटेका छन् ।

पत्रकार सम्मेलन गर्दै निर्माता तथा निर्देशक चाम्सले सामाजिक संजालको गलत प्रयोग फिल्म असफल पार्न गरेको भन्दै कुनै पनि हालतमा अभियुक्तलाइ छोड्न नहुने बताएका थिए । ‘मेम नेपाल’ सामाजिक संजाल प्रयोगकर्ता नेपाली युवा माझ लोकप्रिय फेसबुक पेज हो ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । फिल्म जेठ ३ बाट प्रदर्शनमा आएको हो ।