प्रिमियरमा ‘प्रसाद’लाई सकारात्मक प्रतिक्रिया

मङ्सिर २१ गते शुक्रवार देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को बुधवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वसंगै पत्रकारहरुको उपस्थितीमा सम्पन्न प्रिमियरबाट फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।

फिल्म हेरेका अधिकाङ्श फिल्मकर्मी तथा पत्रकारहरुले फिल्मले उठान गरेको कथावस्तुको प्रसंशा गरेका थिए । फरक कथाको उठान गर्नु चुनौती भए पनि फिल्म राम्रो बनेको प्रतिक्रिया अधिकाङ्शको थियो । पत्रकार सुशील पौडेलको कथा रहेको फिल्मलाई दिनेश राउतले निर्देशन तथा सुभास थापाले निर्माण गरेका हुन् ।

फिल्ममा अभिनेता विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द रहेको छ ।