बनाउँदा हल्ला गर्ने, रिलिजमा फुस्स

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको फिल्म प्रेमदिवस हलमा २ दिन पनि राम्रोसँग चल्न सकेन । यो फिल्म हलमा लागेको छ भनेर दर्शकले थाहा पाएका थिएनन् ।

निर्देशक योगेश घिमिरेले यसपटक फिल्मको पब्लिसिटी कम गरेको भनेर स्विकारे । उनले कम गर्नुको कारण कलाकारको साथ नपाएर हो । प्रियंका र आयुष्मानले योगेशलाई अन्तिम अवस्थामा साथ नदिएका हुन् । साथ नपाएर नै यो भयो ।

प्रेमदिवस फिल्म बनाउँदा योगेशले हल्ला गरेका थिए । उनले फिल्मको गीत रिलिजसम्म हल्ला गर्ने आँट गरेका थिए । तर, फिल्म रिलिज हुन लाग्दा उनी सुस्ताए ।

नेपाली फिल्ममा रोग छ एउटा । फिल्म बनाउन भन्दा चलाउन गाह्रो भन्छन् । फिल्म बनाउँदा मौन रहेर बनाएपनि हुन्छ । तर, निर्देशकले निर्माता खोज्न सकिएला भनेर पनि फिल्म बनाउने बेलामा बढी चर्चा गरेका छन् । तर, फिल्म रिलिज गर्ने बेलामा सबै कुरा सकिन्छ र थाहा नपाई रिलिज हुने गर्दछ ।

जेठ महिनामा आएका फिल्ममा यो रोग देखिएको छ । कुम्भ करणको पनि यस्तै भयो । फिल्म बनाउँदा निर्मातामा जोश पाइयो । उनले, निशा अधिकारी, गौरव पहारीलाई फिल्ममा लिदा चर्चा गरे । फिल्ममा राम्रो कलाकार लिएर बनाउन लाग्दा उनले हल्ला गरे ।

तर, फिल्म चल्ने बेलामा कलाकार कसैले साथ दिएनन् । यही भएर होला निर्माता आकाश पलले फिल्म आएको दर्शकलाई थाहा दिएनन् । फिल्म चलेन पनि ।

फिल्म बनाउने बेलामा हल्ला गरिराख्न आवश्यक नै छैन । एक बर्षपछि चल्ने फिल्म बन्दैछ भनेर प्रचारबाजी नगरेको नै राम्रो हो ।

तर, फिल्म चलेको बेलामा ठूलो प्रचारबाजीले पनि हुने त केही पनि होइन । तर, दर्शकले नै हलसम्म आउनका लागि फिल्म चल्दैछ भनेर थाहा पाएनन् भने के काम ?

फिल्म बनाउने बेलामा भएको पैसा सक्छन् फिल्म बनाउने । फिल्म बनाइसकेपछि आएको र गएको थाहा नहुने गरि रिलिज गर्छन् । प्रेमगीत, कुम्भकरण जस्ता उदाहरण त कती छन् कती । नेपालमा धेरै फिल्म असफल हुने कारण यही नै हो । फिल्म असफल हुने कारण पनि यही नै हो । फिल्म नचल्नु आफ्नो स्थानमा पनि छ ।

धेरै निर्माता दर्शकलाई फिल्म आएको थाहा दिदैनन् । फिल्म चलेपछि चलेन भनेर रुदै हिड्छन् । फिल्म बनाउने बेलामा चर्को मात्र कुरा गरेर हुन्न । फिल्म बनाउने बेलामा त्यो जोश बाँकी राख्न आवश्यक छ ।