प्रियंका,आयुष्मान र बिशालको त्रिकोणात्मक प्रेम ‘प्रेम दिवस’ ट्रेलर

यहि जेठ ३१ बाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेम दिवसको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, आयुषमान जोशी र बिशाल खरेलको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ ।

फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो । म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ ।