‘प्रेम गीत ३’ को थिम पोष्टर सार्वजनिक

निर्माता सन्तोष सेनको ५ औ फिल्म ‘प्रेम गीत ३’ को थिम पोष्टर बाहिरिएको छ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म छायांकनको तयारीमा रहेको छ ।

फिल्ममा मुख्य नायकको रुपमा प्रदिप खड्का रहने छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको यो निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।