‘प्रेम गीत ३’ छायांकन सम्पन्न

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको फिल्म ‘प्रेमगीत ३’ को छायांकन सम्पन्न भएको छ । ७० दिनमा यहि मंगलबार फिल्मको सम्पूर्ण छायांकन सकिएको हो ।  किर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायांकन सकाएर मनाङ हिँडेको ‘प्रेमगीत ३’ युनिट चाडै नै प्रचारमा निस्कनेछ । २ सय बर्ष अगाडीको प्रेमकथामा निर्माण भैरहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।