‘प्रेम गीत ३’ प्रदर्शनको समयसम्म सस्पेन्स नै रहेन भने ?

फिल्म प्रेम गीत ३को भब्य तयारी भै रहेको छ ।  कलाकार छान्नेदेखि लिएर रिहर्सल हुदै लोकेसन हन्ट सबैमा तामझामका साथ काम गरिदै छ ।

फिल्मका कलाकार, निर्माता, निर्देशकको मिडियामा उपस्थिति समेत बाक्लै हुने गरेको छ ।  एक जनाले एक भाग अर्कोले अर्को गर्दै उनीहरु कथा भन्दै आएका छन् । सामाजिक संजालमार्फत पनि उनीहरु एकपछी अर्को काम खुलाउदै गएका छन् ।

फिल्म प्रदर्शनको समय लामै बाकी छ ।  तर यहि क्रममा खुल्दै जाने हो भने फिल्म प्रदर्शन अगावै फिल्मको सबै बिषय खुलेर सस्पेन्स नै बाकी नहुने पो हो की ? दर्शकलाई फिल्मको विषयमा जानकारी दिनु पर्छ, यो ठिक छ ।  तर जब सबै कुरा नै खुलाउदै जाने हो भने दर्शक हल सम्म पैसा तिरेर के को लागि जाने ? फिल्मको केहि पनि विषय सार्वजनिक गर्नु अघि सोच्ने समय आएको छ ।