‘प्रेम गीत ३’ शुभमुहुर्त संगै छायांकन सुरु

बहुप्रतिक्षित फिल्म प्रेम गीत ३को छायांकन सुरु भएको छ ।  काठमान्डौको दक्षिणकाली मन्दिरमा बिशेष पूजा गर्दै फिल्मको शुभ मुहुर्त गरिएको हो ।  मुहुर्तमा फिल्मका निर्माता निर्देशक सन्तोष सेन, छेतेन गुरुङ, कलाकार प्रदीप खड्का, मनिष राउत क्रिस्टिना गुरुङ, अनुभव रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म उनीहरुले नै  निर्माण गर्दै छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर प्रर्दशनमा आउने छ । फिल्ममा  क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत को अभिनय रहने छ ।