प्रियंकाको महिना अनुसारको विकिनी

फ्रान्समा भैरहेको कान्स फिल्म फेस्टिबलमा उपस्थित हुन लागेकी अभिनेत्री प्रियंका कार्की फुरुङ छिन् । कान्स फिल्म फेस्टिबल उनका लागि महत्वपूर्ण छ । नेपालबाट पहिलो पटक प्रियंकाले कान्समा भाग लिन लागेकी हुन् ।

अभिनेत्री प्रियंका कार्कीलाई मौसम अनुसार माहोल तताउन पनि आउँछ । उनी त अहिले महिना अनुसारको विकिनी लगाएर दंग छिन् । वैशाख महिनामा उनले ब्रान्ड प्रमोशन गर्नका लागि विकिनी लगाएकी थिइन् ।

बैशाखमा मात्र होइन, उनले जेठमा पनि विकिनी लगाइन्, ब्लू कलरको । प्रियंकाले इन्स्टामा उनर्लाइ फलो गर्नेहरुलाई वैशाखको तातो फोटो राखेर, जेठका लागि कुर्न आग्रह पनि गरेकी थिइन् ।

प्रियंकाका लागि विकिनी सामान्य हो । उनी, स्विमिङ पूलमा पनि विकिनी लगाएर दैनिक तस्बिर इन्स्टामा राख्छिन् ।

महिना अनुसारको उनको विकिनी तपाइलाई मन पर्यो त ?