प्रियंका जस्तै प्रियंका

कान्स फिल्म फेस्टिभलमा नेपाली अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् । कान्समा सहभागी हुनु प्रियंकाका लागि अवसर हो ।

कान्समा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि सहभागी छिन् । उनको ड्रेसको पिक्चर बाहिर आइरहेको छ ।

कान्समा पुगेपछि नै प्रियंका कार्कीले प्रियंका चोपडाको नक्कल गर्न थालेकी छिन् । चोपडाले कान्समा पुगेपछि फ्रेस भएर सेतो टावलमा बाहिर निस्किएर खिचाएको तस्बिरकै नक्कल गरेर कार्कीले पनि यस्तै फोटो इन्स्टामा राखेको देखिएको छ ।

प्रियंका कार्की प्रियंका चोपडाकी फ्यान हुन् । उनले, कान्समा प्रियंकालाई भेटिन् भने खुशी हुन्छिन् नै होला ।

प्रियंकाले पहिलो दिनमै प्रियंका चोपडाको तरिकालाई फलो गरेकी छिन् । कान्सका अरु इभेन्टमा पनि उनले प्रियंकालाई नै फलो गर्ने सोच बनाएकी त छैनन् होला ?

आफ्नो स्टाइल पनि दिन आवश्यक होला प्रियंकाले । फेरि, नक्कल गर्दा आफ्नो तरिका विर्सिने पो हुन् कि प्रियंकाले ?