इन्स्टामा प्रियंकाको फलोअर्स सर्वाधिक

नेपाली हिरोइन्मा पछिल्लो समय चर्चा हुने गरेको छ कुन हिरोइनको कति इन्स्टामा फलोअर्स छन् । बलिउड्मा पनि को कतिको लोकप्रिय छ भन्ने कुरा सामाजिक सञ्जाल मार्फत नै मापन गर्ने गरिएको छ । नेपाली सेलिब्रटीमा अभिनेत्री प्रियंका कार्कीले सबै कलाकारलाई उछिनेकी छन् । उनको इन्स्टाग्राममा सर्वाधिक फलोअर्स रहेको देखिएको छ ।

प्रियंका कार्कीको इन्स्टालाई पछ्याउनेको संख्या दश लाख नाघेको छ । दश लाख फलोअर्स पुगेको भन्दै उनले आफ्ना दर्शक तथा प्रशंसकलाई धन्यबाद दिएकी छन् । दश लाख फलोअर्सको धनी भएको भन्दै प्रियंकालार्ई आशिरमान देशराज जोशी, अभिनेत्री ऋचा शर्माल गायतकाले बधाई दिएका छन् ।गत बर्ष अभिनेता आयुष्मान देशराज जोशीसँग बैबाहिक जीवनमा बाँधिएपछि उनले थर थपेकी छन् । आफ्नो नामको पछाडि देशराज जोशी राखेकी छन् ।

इन्स्टामा उनले आफुलाई अभिनेत्रीका रुपमा नचिनाएर धेरै कामले चिनाएकी छन् । इन्स्टामा उनले अभिनेत्रीका अलवा , लेखक, निर्देशक, निर्माता र समाजसेवी भनेर लेखेकी छन् । उनका घरका हरेक क्रियाकलाप र उनले गरेका कामका तस्विरहर दैनिक रुपमा इन्स्टामा राख्ने गरेकी छन् । जसका कारण उनी गसिफका पात्रमा मज्जाले छाउने गरेकी छन् ।