जिउन जान्ने प्रियंका कार्की

अमेरिका गएर अभिनय सम्बन्धि अध्ययन गरेर आएकी पुर्व मिस टिन प्रियंका कार्की अहिलेकोसमयको ब्यस्त कलाकारमा पर्छिन् । फिल्मका लागि आएका अफर हम्मेसा ननकार्ने उनी टिम मन परेको या त कथा लगायत भन्दै केमियो भूमिका देखि आइटम डान्स मात्रै भए पनि गर्छिन् ।

सिधा भन्दा प्रत्येक हप्ता प्रदर्शनमा आउने फिल्ममा कुनै न कुनै रुपमा दर्शकले उनी प्रियंका कार्कीलाई देख्न पाउछन् । कामको बिषयमा उनी सधै नै सिरियस हुन्छिन् । कति पटक त काम गर्ने क्रममा कमजोरीको कारण उनी ढलेको समाचार समेत बन्ने गर्छ । उनीसंग काम गर्ने जो कोही पनि उनको काममा सन्तुष्ट छन् । फिल्ममा मात्र नभएर उनलाई महोत्सव, कार्यक्रम तथा म्युजिक भिडियोमा पनि बाक्लै देख्न सकिन्छ । उनले ‘धेरै काम गरेको’भन्ने बाहेक उनको काममा कुनै प्रकारको कम्प्लेन गर्ने ठाउ भने छैन । उनी जे गर्छिन् मनैबाट गर्छिन् । काम गर्न थालेपछि खान समेत बिर्सिने उनी आफुलाई ‘वकोहलिक’ भन्न रुचाउछिन् । आफु केही नगरी चुपचाप बास्ना नसक्ने उनले कैयौ पटक भनेकी छन् ।

काम जस्तै उनको परिवार संगको सम्बन्ध आफ्नो प्रेम जीवन सबै नै पर्फेक्ट छ । अझ भनौ उनी आफ्नो सम्पूर्ण जिम्मेवारी सफलता पुर्वक निभाउन सक्ने सक्षम ब्यक्ति हुन् । आमाको जन्मदिन बाबुको मुख हेर्ने दिन दशैं तिहार लगायत सम्पूर्ण इभेन्ट उनले खुलेरमनाउने गर्छिन् । केही समय अघि भएको उनको इन्गेजमेन्ट पनि सम्पूर्णलाई लोभ लगाउने किसिमको नै थियो ।

आगामी बर्षको असारमा बिवाह गर्ने योजनामा रहेकी उनी प्रेमी आयुष्मान देश्राज जोशीका साथ बिदा मनाउन उनी बाली पुगेकी छन् । केहि दिन अघि मात्रै जन्मदिन मनाएकी उनले लगातार कामको चापका कारण आफुलाइ समयादिन नसकेको भन्दै उनका हुनेवाला पतिले जन्मदिनको उपहार स्वरूप यो ट्रीप गिफ्ट गरेका थिए । काममा झैँ उनी हुने वाला पतिसंग खुलेर रमाइलो गर्दैछिन् । उनको खुलेर जिउने तरिकाको बारे उनले सामाजिक संजालमा पोस्ट गर्ने तस्विरले समेत बताउछ । त्यसै ले त उनी जिउन जान्ने हुन् ।