प्रियंकालाई अनमोल कि टम क्रुजसँग हो डेट जान मन लागेको ?

घुमाएरै भएपनि नयाँ अभिनेत्री प्रियंका एमभीले आफ्नो मनको चाहना व्यक्त गरेकी छन् । उनले अभिनेता अनमोल केसीसँग डेट जान मन लागेको बताएकी हुन् । तर, प्रियंकाको भाषा सिधा थिएन ।

अभिनेता केसी कस्तो लाग्यो भनेर सोध्दा प्रियंकाले उनी हलिउडका स्टार टम क्रुज जस्तो लाग्ने गरेको बताएकी थिइन् ।

यति बताउँदै गर्दा उनलाई टम क्रुजसँग डेट जान मन लाग्दैन भन्ने प्रश्न पनि आयो । यो प्रश्नमा पनि उनले टम क्रुजसँग समय नै नभएको बताइन् ।

अभिनेत्री एमभीले अभिनेता केसीलाई टम क्रुजसँग तुलना त गरिन् । तर, उनलाई डेट जान मन लागेको अनमोल केसीसँग हो कि टम क्रुजसँग होला त्यो भने खुलेन ।

अभिनेता केसीले प्रियंकाको यो जवाफ  सुनिमात्र रहेका थिए । पहिलो फिल्ममा काम गरेका प्रियंका र अनमोलको चिनजान पहिले नै भएको हो ।

प्रियंका र अनमोल एउटै स्कुलमा पढेका थिए । यसैले पनि उनीहरुविच राम्रो चिनजान थियो । अब, प्रियंकाले भनेका टम क्रुज अर्थात अनमोल केसी नै हुन् भने उनले उनलाई डेट लैजाने समय पनि निकाल्लान् नी त ?