आयुषमानले ‘फेमस’ बनाइदिने रे !

नायिका प्रियंका कार्की र गायक प्रकाश कटुवालको विवादले सामाजिक संजाल तातेको छ । यहि बीच एक अन्तर्वार्तामा प्रियंका, उनका हुने वाला श्रीमान आयुष्मान देशराज श्रेष्ठलाई लिएर पुगेकी थिइन् ।

एयरपोर्टमा भएको तनावले ठुलो रुप लिदै गएको छ । उक्त अन्तर्वार्ताका क्रममा आयुषले पटक पटक घुमाएर कटुवाल माथि आक्रमण गरेका छन् ।

उनले बोल्दै जाने क्रममा ‘चाहनुहुन्छ भने हामी फेमस बनाइदिन्छौ र धेरै पटक यस्तो भएको पनि छ’ भने । पर्सनल लाइफ, बेडरुममा अन्तर्वार्ता, नायिका प्रेमिका र आमाको कारण बाहेक केही यस्तो बिषय छैन जसको कारण आयुष फेमस छन् । उनको काम कलाकारिता हो जसमा उनी सफल छैनन् । फिल्मीवृत्तमा प्रियंकाका कारण आयुषले फिल्म पाउछन् भन्ने चर्चा चल्ने गर्छ ।

तर एकै क्षेत्रका व्यक्ति, जसमा आयुषको कुनै संलग्नता नै छैन । उक्त विषयमा आयुष आए प्रियंकाको समर्थन गर्दै गर्दा आफुलाई धेरै माथि पुर्याए । तर के आयुष आफै ‘एक्लै’मा फेमस छन् त ?