‘सासुसंग मुख लाग्नु’ भनेको त एस्तो पो !

‘सासुसंग मुख लाग्नु’ सामान्यत बुहारीले सासुलाई जवाफ फर्काउदा नेपाली समाजमा यसो भन्ने गरिन्छ । तर नायिका प्रियंका कार्की र उनकी हुनेवाला सासु रविना देशराजको सम्बन्धमा हेर्ने हो भने यसको परिभाषा फरक भएको अनुमान गर्न सकिन्छ ।

कहिले बिकिनीलगाएको फोटो पोष्ट गरेर कहिले विवाह नै नभई सासु – बुहारीको साइनो लगाएर त कहिले आफ्नो तेस्रो सन्तान प्रियंका हुन् भनेर चर्चामा आइरहने यी दुई हुने वाला सासु बुहारीको चर्चा चालि नै रहन्छ ।

केहि समय अघि इन्गेजमेन्ट गरेकी प्रियंका कार्की दशैंको टिका थाप्न आफ्ना हुने वाला पति आयुष्मानकी आमा रविना कहा पुगिन् । उक्त समयको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । तस्विरमा रविना र प्रियंका एक अर्कालाई चुम्बन गरिरहेका छन् त्यो पनि ओठ मै ।

सामाजिक संजाल प्रयोगकर्ताले यो तस्विरलाई लिएर ‘सासुको मुख लाग्नु भनेको यहि रहेछ’ भनेर टिप्पणी गर्न थालेका छन् । यी दुईबीचको यो व्यवहार माया नै हो या चर्चामा आउने अर्को बहाना ! उनीहरुलाई नै थाहा होला ।