के भन्न खोज्दै छिन्, प्रियंका ?

प्रियंका कार्की आज भोली लाइमलाइटमा छैनन् । उनको हातमा फिल्मको काम आउन छोडेको धेरै नै भयो । तर पनि उनको चर्चामा आउने रहर भने हराएको छैन ।

सामाजिक संजालमा आफ्नो उपस्थिति भने उनले कम हुन दिएकी छैनन्।  कहिले के त कहिले के उनी चर्चा मै रहन चाहन्छिन् ।
उनको डाइनिंग टेबुलको कुराले लामो समय मिडिया ततायो । फेरी उनले यस्तै आसयको एक तस्विर सामाजिक संजाल मार्फत सेयर गरेकी छन् ।

असारमा हुने भनेको उनको बिवाह अहिले सम्म हुन सकेको छैन । दोश्रो विवाहलाई लिएर उत्साहित उनी अब सामाजिक संजालमा अचम्मको तस्विर सार्वजनिक गर्दै छिन् ।

कतै उनले विवाह नभएको दुख ब्यक्त गरेकी त होइन ? कि उनका बिवाह हुन लागेका श्रीमान आयुष्मानलाई हतार लगाउन यस्तो तस्विर सार्वजनिक गरेकी हुन् । उनी आफै जानुन…