पुरानो बुलेटको ‘मंसिर १५’

फिल्म ‘पुरानो बुलेट’को ‘मंसिर १५’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा फिल्मका मुख्य कलाकार अनुपबिक्रम शाही र बर्षा शिवाकोटी फिचर्ड छन् । गीतमा मेलिना राई र उत्तम जंग लिम्बुको स्वर, राम भट्टराईको शब्द तथा उत्तम जंग लिम्बुको संगीत रहेको छ । उक्त गीतमा प्रसान्त ताम्राकारको कोरियोग्राफी रहेको छ ।

समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई आउँदो चैत्र १ बाट प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी गरिरहेको छ । फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले यो फिल्म निर्देशन गरेका हुन् ।