प्रेममा पुष्प

फिल्म मारुनी प्रदर्शनको क्रममा रहेको छ । फिल्मका लागि मेल लिड एक्टर प्रमोसनको क्रममा लागि रहेका छन् । यहि क्रममा एक अन्तर्वार्तामा उनले आफु प्रेममा रहेको बताएका छन् । करिव ६ बर्ष अगाडीबाट प्रेममा रहेको र उनीसंग नै पहिलो चुम्बन गरेको बताए ।  पहिलो प्रेमको जवाफ ‘आज भन्दा ६ बर्ष अगाडी’ भनेर दिएका उनले पहिलो ब्रेकअपको जवाफमा ‘भएको छैन’ भनेर घुमाउरो पारामा स्वीकारेका छन् । यस खबरले पुष्पका महिला फ्यानहरुलाई दुखि बनाउने पक्का छ । खैर उनलाई फिल्म र प्रेम सम्बन्ध सफलताको शुभकामना ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३शुक्रबारबाट प्रदर्शनमा आउदै छ ।