फिनल्याण्डमा खनालको एकल कविता वाचन

गीतकार तथा कवि पुष्पा खनालले एकल गीत तथा कविता वाचन कार्यक्रममा फिनल्याण्डको कुपिओमा सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेरलगायत दर्जन गीत र कविता बाचन गरेकी थिइन् । खनाल नेपालकी उदयमान गीतकार तथा कवि हुन ।

अञ्जु पन्तले गाएको उनको गीत सुने तिम्रो खुशी सन् २०१७ मा पिआरविटीतर्फ सर्वाधिक रोयल्टी पाउने गीत भएको थियो । खनालको गीत तथा कवितामा ममता, स्नेह साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ । उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको बताएका थिए । कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उनका कविता सुन्न करिव नेपाली र फिनिस गरी करीव ४० नागरिक भेला भएका थिए ।