Joy Ads

रविन्द्रलाई च्यालेञ्ज : कार्ड बाड्ने कि काम गर्ने ?

- मेराेफिल्म

दर्शकले चिनेका कलाकारहरु, फिल्ममा देखिने कलाकारहरुको छाता संगठन भएर पनि चलचित्र कलाकार संघ,  नेपाल नेतृत्व राम्रो नपाएर फिल्म क्षेत्रमा नै कमजोर भएको छ । कलाकार संघको उपस्थिती कमजोर हुन नहुनुपर्ने हो । कलाकार संघको नेतृत्व कमजोर भएर पनि कलाकार संघको उपस्थिती फितलो छ ।

चुनावको बेलामा कलाकारहरु भोट हाल्न पनि आउँदैनन् । कलाकार संघको कार्यक्रममा त कलाकारहरु नै आउँदैनन् । कलाकार संघलाई नै जोडेर काम गरेको छैन कलाकार संघले ।

च्यालेञ्जहरु बोकेर चलचित्र कलाकार संघमा रवीन्द्र खड्काले अध्यक्ष पद जितेका छन् । सरिता लामिछानेलाई चुनाव हराएर रवीन्द्र खड्काले खुशी व्यक्त गर्नका लागि जती समय छ, उनलाई कलाकार संघमा काम गर्न उती समय छैन ।

कलाकार संघलाई कलाकारले विदेश जाने बेलामा कार्ड बनाउने, बायोडाटा बनाउने, पत्र लेख्न स्थान बनाएका छन् । कलाकार संघले गर्ने कार्यक्रममा नआउने कलाकार विदेश जाने बेलामा कार्ड बनाउन आउँछन् । कलाकारहरुका लागि कार्ड बाड्ने संस्था बनेको छ, कलाकार संघ ।

कलाकार संघका अध्यक्षले भवन बनाउने बताए । भवन बनाउन सजिलो छैन । कलाकार संघको भवन नारा भएको छ । रवीन्द्रले भवन बनाएर आफ्नै ओत लगाइदिए भने कलाकारले उनलाई संझन्छन् ।

अध्यक्ष भैसकेपछि फिल्मका कार्यक्रममा गएर मन्तव्य राखेर हिड्ने, संचारमाध्यममा फोटो आउने काम धेरै छ । धेरै संस्थामा आउन चाहनुको कारण यो हो । संस्थामा आएपछि ३ बर्ष सक्रिय हुन्छन् । फिल्ममा काम नभएका कलाकार पनि संस्थामा आएपछि चर्चित भइन्छ भनेर चुनाव लड्छन् । कति कलाकार त विदेश जानका लागि बायोडाटा बन्छ भनेर पनि चुनाव लड्छन् ।

चुनाव जितेर मात्र हुँदैन । काम गरेर देखाउन पनि पर्छ । कलाकार संघको निर्वाचनमा सरितालाई ५७ मतले जितेका रविन्द्रले सयौ काम गर्नुपर्नेछ ।

पोलिटिक्समा रुमल्लिएर उनले चुनाव जितेका हुन् । कलाकार संघमा उनको पोलिटिक्स देखिदैन भनेर आशा गरौ ।

कलाकार संघका अध्यक्षले कलाकारको सकिदै गएको अनुशासन रोक्न सक्छन् कि सक्दैनन् ? रविन्द्रले नयाँ कलाकारबाट पुराना कलाकारले सम्मान नपाएको बताएको धेरै भएको छ । उनले यो व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन् ?

चुनाव सकिएपछि कलाकार संघमा दर्शकले चिन्ने अनुहार नआएकाले काम गर्न गाह्रो छ भनेर फिल्मीकर्मीले प्रतिक्रिया पनि दिएका छन् । कलाकार संघ फिल्ममा कम काम भएकाहरुलाई राजनीत गर्ने ठाउँ हो भनेर पनि भनिएको छ । रविन्द्रले यो चुनौतीलाई काम गरेर देखाउँछन् कि देखाउँदैनन् ?

कलाकार संघ भाडभैलो भएर गन्जागोल छ । कलाकारले कलाकार संघलाई आफ्नो भन्न पाएका छैनन् । कुनै विज्ञापन एजेन्सीलाई जिम्मा लगाइएको अवार्ड, पिकनिक, कलाकारका लागि कार्ड बाड्ने काम मात्र हो त कलाकार संघको ? रविन्द्र खड्काबाट आशा गर्ने ठाउँ छन्, तर भर परिहाल्न सकिन्न । कुन उदेश्य लिएर संघ स्थापना भएको थियो ।  त्यो खड्कालाई अक्षरस ज्ञान होला उनले आगामी तिन वर्षमा आफ्नो कार्य योजना अनुसार बड्लान कि जुन गठवन्धनले समर्थन गरेर चुनाव जितेका छन्, उनीहरुको गुन तिरेर बस्लान् ।

 

२०७६ जेठ २७ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate