नीता र ‘इकु’ अभिनुत फिल्म ‘रेस’ ट्रेलर

फिल्म ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म यही जेठ २४ गतेदेखि प्रदर्शनमा आउँदै छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको फिल्म ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु,  सुलेमान (ईकु),  किरण केसी,  जियान र एजेश सैंजुको मुख्य भूमिका छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो फिल्ममा मौनता श्रेष्ठको पटकथा र संवाद,  आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । फिल्मका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।