हमालको ठूलो छाती

अभिनेता राजेश हमालले नेपाली फिल्म खेल्दा निर्माताका लागि आफ्नो छाती चौडा बनाउन सके कि सकेनन् होला ? राजेश हमालको कारणले फिल्म क्षेत्र विग्रिएको भनेर आलोचना पनि हुन्छ । फेरि राजेश हमालकै कारणले नेपालमा धेरै निर्देशक, निर्माता र प्राविधिकले जागिर पाएको चर्चा पनि हुन्छ ।

यी सबै कुरा हेर्दा अभिनेता हमालको छाती नेपाली फिल्मका लागि चौडा भएको मान्ने त ? हमालको कामले उनको छाती चौडा भयो कि भएन, विश्लेषण गरौला । तर, ५५ बर्षको उमेर वरिपरी ढल्कदा पनि हमाल फिट भने छन् । उनको फिटनेशले उनलाई पनि मोहित बनाउने रहेछ ।

यही भएर हमालले चौडा छाती भन्दै फोटो राखेका छन् र आफ्नो छाती देखाएका छन् । हमाल अहिलेका यूवाहरुलाई आफ्नो फिटनेशमा पनि चुनौती दिन चाहन्छन् । उनको चुनौती उनले सामाजिक संजालमा राख्ने फोटोहरुबाट पनि प्रष्ट हुन्छ ।

हमालको छाती चौडा छ । तर जिम गरेर कि फिल्ममा काम गरेर ?