फेसबुकमा देखियो स्टाइल, फिल्ममा कहिले राजेश दाई ?

अभिनेता राजेश हमालले फिल्मका लागि एक्सन र कट भन्न छाडेको कति भयो होला । फिल्ममा लगातार असफलता हात लागेपछि हमाल घरायसी एक्सन र कटमा वीजी छन् । हमालले धेरै फिल्म गरेकाले पनि उनले एक्सन र कट भन्न अहिले नपाएका हुन् । तर, उनले आफै फिल्मको निर्देशन गर्ने र खेल्ने पनि भन्ने रटान छाडेका भने छैनन् ।

फिल्ममा एक्सन र कट सुन्न नपाएपनि राजेश हमालको फेसबुकमा भने स्टाइल देखिन्छ । उनको तस्बिर हेर्दा लाग्छ कि, उनी अहिले आएका नयाँ हिरो भन्दा पनि आफ्नो जोश कुनै कुराले कम भएको छैन भन्ने प्रमाणित गर्न चाहिरेका छन् । श्रीमति मधु भट्टराइलाई तस्बिर खिच्न लगाएर हमालले दैनिक तस्बिर अपलोड गरिरहेका हुन्छन् ।

हमालको यो तरिकाले उनी दर्शकसँग फिल्ममा नभएपनि फेसबुकमा जोडिएका छन् । हमालको स्टाइललाई फलो गर्ने दर्शकको संख्या पनि उल्लेख्य छ ।

तर, राजेश हमाललाई अब फेरि दर्शकले पहिलेको जस्तै तरिकाले मन पराउँछन् कि पराउँदैनन् भन्ने कुरा मुख्य हो । राजेश हमाललाई दर्शकले पहिलेको जस्तै तरिकाले मन पराउनका लागि उनले भूमिकामा ठूलो परिवर्तन गर्न आवश्यक छ ।

फेसबुकमा त राजेश हमालको स्टाइल देखियो, हलमा कहिले होला ?