सामाजिक संजालमा सक्रिय राजेश हमाल ( फोटो फिचर )

लकडाउनका कारण घरमानै आराम गरिरहेका अभिनेता राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी घरमा बसेको बेला मोवाइलबाट आफ्नो विभिन्न क्रियाकलापहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । उनि कहिले श्रीमतीसँग रमाइलो गरिरहेका भिडियो अपलोड गर्छन भने कहिले ‘मेरो घर नजिकैको कफीसप’ भन्दै घरमै रहेको पिङ् खेल्ने ठाउँमा बसेर कफी पिइरहेको भिडियोहरु अपलोड गरिरहेका हुन्छन् । त्यस्तै घरमै ब्यायाम गरिरहेको फोटो तथा भिडियोहरु पनि पोष्ट गरिरहेका  हुन्छन् । लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यको ख्याल गर्दै हमाल निरन्तर व्यायाम गरिरहेका छन् । हरेक दिन बिहान व्यायाम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् । त्यस्तै आफ्ना प्रसंशकहरुलाई घरमै बसेर लकडाउनको पालना गर्न र कोरोनासंग लड्न संदेशहरु पनि दिइरहेका हुन्छन् ।

हेरौ उनका केहि फोटोहरु :