बुबा राकेश रोशन बारे ऋतिक भन्छन् – ‘भाइरस उहाँसंग डराउनु पर्छ’

भारतीय फिल्म निर्देशक राकेश रोशन यहि बर्ष ७१ बर्ष पुग्दैछन् । यो उमेरमा पनि उनि जिममा मिहिनेतका साथ वर्कआउट गरिरहेका देखिन्छन् । शुक्रबार उनका छोरा अभिनेता ऋतिक रोशनले इंस्टाग्राममा एक भिडियो सार्बजनिक गरेका छन्, जसमा राकेश रोशन विभिन्न व्यायामहरु गरिरहेका छन् ।

भिडियोको क्याप्सनमा ऋतिकले लेखेका छन् – ‘मेरो बुबा कहिल्यै हार मान्नुहुन्न, यस्तो बेला हामीलाई पनि यस्तै दृढ संकल्पको आबश्यकता छ’ । उनले अगाडी लेखेका छन् – ‘यहि बर्ष उहाँ ७१ बर्षको पुग्नुहुन्छ र अझपनि उहाँ दिनको दुई घण्टा कसरत गर्नुहुन्छ । गएको बर्ष उहाँले क्यान्सरलाई पनि जित्नु भएको थियो । मलाई लाग्छ कि भाइरस उहाँ संग डराउनु पर्छ, धेरै डराउनु पर्छ ।’

राकेश रोशन ‘करण अर्जुन’, ‘कहो ना प्यार है’, ‘कोइ मिल गया’, ‘कृश’ जस्ता चर्चित फिल्महरुका निर्देशक हुन् ।