तनुश्रीले मागिन् राखीसँग दस करोड

तनुश्री दत्ताले राखी सावन्तसंग १० करोड रुपैयाँ माग गर्दै मुद्दा दर्ता गरेकी छन् । तनुश्री र नाना पाटेकरको विवादका बिषयमा पत्रकार सम्मेलन गरेर राखीले तुनश्रीका बारे विभिन्न टिप्पणी गर्दै आरोप लगाएकी थिइन् । राखीले तनुश्रीलाई लागुऔषध दुर्व्यवसनी बताउँदै उनी सुटिङ छोडेर आफ्नो भ्यानिटी भ्यानमा ड्रग्स सेवन गरेर बेहोस भएको समेत भनेकी थिइन् ।

राखीको उक्त आरोप प्रति आपत्ति जनाउँदै तनुश्रीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड भारु माग गरेकी छिन् । राखीले तनुश्री र नाना पाटेकर विवादमा नाना पाटेकर निर्दोष रहेको बताउँदै तनुश्रीलाई गैर जिम्मेवार, लागु औषध दुर्व्यवसनी र झुटो आरोप लगाएको भन्दै तनुश्रीमाथि दोष लगाएकी थिइन् ।