फिल्म ‘आरआरआर’ मा राकुल प्रीत

एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ‘आरआरआर’ मा राकुल प्रीत सिंह पनि देखिने भएकी छन् । फिल्ममा उनको अभिनय भने रहने छैन । उनी एक गीतमा देखिने छिन् ।  आइटम नम्बरमा राकुल देखिन लागेकी हुन् । पछिल्लो समय साउथ इण्डियन फिल्मनगरिका हिट निर्देशक शंकरको फिल्म ‘इण्डियन २’ मा काम गरिरहेकी राकुलले समेट्स अहमति जनाएकी छन् ।

बाहुबली पछि राजामौलीले निर्देशन गरेको फिल्म हो , ‘आरआरआर’ । फिल्ममा जुनिएर एन्टीआर र राम चरण मुख्य भूमिकामा छन् । यी दुइकै वरपर फिल्मको कथा घुमेको छ । फिल्ममा अजय देवगन र आलिया भट्ट पनि अतिथी भूमिकामा छन् । फिल्म ३ सय ५० करोडको बजेटमा निर्माण भइरहेको छ ।