पत्रकार पौडेल पुरस्कृत

यस वर्षको उद्योग बाणिज्य संघ चितवनको ‘आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार रमेश कुमार पौडेललाई प्रदान गरियो । उद्योग बाणिज्य संघ चितवनको ५३ औ साधारणसभा तथा अधिबेशनको अवसरमा एक कार्यक्रम आयोजना गर्दै संघले उनलाई समानका साथ ५१हजार राशीको पुरस्कार प्रधान गरियो ।

उनलाई उद्योग मन्त्रि लेखराज भट्ट तथा संघका अध्यक्षद्वारा चेक प्रदान गरियो । पत्रकार पौडेल लामो समयबाट मोफसलमा बसी सकृय पत्रकारिता गर्दै आएका छन्।