उल्झन नै उल्झनको रामकृष्णको जीन्दगी

माया गर्नेको चोखो माया पनि देखियो, ओराली लागेको हरिणको चाल भो, वचन तोडे कसम नि तोडे, तिमीलाईमाया गर्ने भुल भयो मबाट । यी गीतका गायक रामकृष्ण ढकालको जीवनमा यस्तै नै अवस्था आएको चर्चा चल्न थालेको छ ।अधिकांस दुखका गीत गाउने गायकको जीवन पनि त्यस्तै नै हुदै गएको छ । सामान्य परिवारका उनी चर्चित गायक बन्दा सम्मको संघर्ष, सहकारीका कारण घर लिलाम भएको अब आएर सम्बन्ध बिच्छेद !

हिजो २०७६ साल पुष ९ गते रामकृष्ण ढकाल र निलम शाह बीच सम्बन्द बिच्छेद भएको छ । मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो । २०५९साल मङ्सिर १४गते विवाह गरेका थिए । उनीहरुकी एक छोरी रानी रहेकी छन् । सम्बन्ध अन्त्यका लागि निवेदन दिदै निलम शाहले श्रीमानले पर्याप्त समय नदिएको कारण खुलाएकी छन् । साथै विदेश जान नमानेको भन्दै उनले सम्बन्ध अगाडी बढाउँ नचाहेको बताएकी छन् । उनको सम्बन्ध बिच्छेदको कारण यस्तो रहेको छ:
‘विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।

अनलाइन खबरसंगको कुराकानीको क्रममा उनले सम्बन्ध बिच्छेदको बिषय नै नकारेको उल्लेख गरिएको छ । उनले यो सब हल्ला मात्रै रहेको बताए । तर अदालतको अफिसियल वेवसाइटले उनको कुरा झुटो रहेको प्रमाण देखिएको छ ।उक्त साइटमा स्पस्ट रुपमा मिलापत्रमा सम्बन्धको अन्त्य गरेको उल्लेख गरेको छ । फैसला न्यायधिस विदुरकोइरालाले गरेको मुद्धामा ढकालको घर नम्बर समेत उल्लेख गरेको छ ।
http://www.supremecourt.gov.np/weekly_dainik/pesi/case_process_detail/39?fbclid=IwAR3TnQzKS4bejjqvdD3MGDXl5JGPc9B5dHKeRx4tb5D0Dl-wVYuyZxSSQy4
श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरी आमासँगै रहने सहमति सहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् । बेलाबेलामा गायक ढकालले आफ्नी छोरीसँग भने भेट्न पाउने सहमति सम्बन्ध विच्छेदमा गरिएको छ।

अब नियालौ यी दुइको सम्बन्ध
विवाहको बर्षगाठ मनाउन ढकाल दम्पति नगरकोट पुगेका थिए ।  सोहि क्रममा उनको तत्कालिन युवराज पारश शाहले उनलाई श्रीमती साट्ने प्रस्ताव नकार्दा मरणासन्न हुने गरि पिटेको खबर बाहिरियो ।  तर यो तथ्य उनले स्वीकार गरेनन् ।

सामान्य परिवारका राम कृष्णले ठकुरी परिवारकी निलमलाई फिल्मी शैलीमा भेटे र भेटेको २महिना मै विवाह गरे ।  अन्तर्वार्ताहरुलाई नियाल्दा निलम रामकृष्ण माथि हावी भएको अनुभूत गर्न सकिन्छ ।

संगै कार्यक्रममा गएका एक कलाकारले निलमले रामकृष्णलाई रोबट बनाएर राखेको बताएका छन् । कार्यक्रम सकिएको एक घण्टा भित्रमा नै पैसा पठाउनु पर्ने ।  त्यसो नभए आयोजकसंगै झगडा गर्ने अवस्था उनले देखेको बताए ।

एक अन्तर्वार्ताको क्रममा ढकालले निलमलाई खान नपर्ने तर राम्रो लगाउन पर्ने बताएका छन् ।  उनले पनि स्वीकारेकी छन् यो विषय ।  आफुले नै ढकालको आउटलुक परिवर्तन गराएको उनी भन्छिन् ।  दुखि रंग प्रयोग गर्ने ढकाललाई रंगिन पहिरन लगाउन लगाउने निलम नै हुन् ।

ढकाल निकट एक व्यक्ति भन्छन्, उनको यो अवस्था निलमको ऐशआराममा जीवन बिताउन पर्ने कारण नै आएको हो ।  हैन भने एक ताकाका टप गायक यस्तो समस्यामा पर्ने स्थिति कसरी आउछ र ?

संचारमाध्यममा  सामाजिक संजालमा सम्पति जोगाउन तथा डिभोर्स गरेको चर्चा छ। तर ढकालका अनुसार लालीगुराँस सहकारीले उनी माथि घात गरेको हो । अदालतले उनको पक्षमा निर्णय पनि गरेको छ ।  यो अवस्थामा सम्बध बिच्छेदको अर्थ के त ? अनि फेरी सामाजिक संजालको अभिव्यक्ति जहाँ ‘माया नै माया’ देखाउन खोजिएको छ ।

पुराना अन्तर्वार्ता नियाल्ने हो भने ढकालले समय नदिएको, सामाजिक संजालमा झुमिएको, एकोहोरो भएको भनेर निलमले आरोप लगाएकी छन्। उनले दिएको उजुरी नियाल्दा समेत समय कम भएको र विदेश जान नमानेको नै उल्लेख छ  ।तर के यति सानो कारणले सम्बन्ध बिच्छेद हुन्छ होला त ?  हामी श्रीमान श्रीमती भन्दा पनि प्रेमी प्रेमिका झैँ देखिन्छौ को अभिव्यक्ति दिएको एक बर्ष नै नबित्दै सम्बन्धको अन्त्य गर्नुलाई कुन रुपमा लिने ? यति फितलो कारण नै सम्बन्ध अन्त्य भएको हो त ?
यो सबको जवाफ स्वरूप पुनः ढकालले एउटा लामो स्ट्याटस पोस्ट गरेका छन् । उको स्ट्याटस जस्ताको त्यस्तै :
मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस!