मिटुमा मुछिएका रंगकर्मीद्वारा आत्मालोचना

रंगमञ्चमा भइरहेको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएसंगै २ आरोपीले आत्मालोचना गरेका छन् ।

राजकुमार पुडासैनी एक वर्षका लागि निलम्बनमा परेका छन् भने राजन खतिवडाको मण्डलाले महासचिव पदवाट दिएको राजिनामा स्विकार गर्दै एक वर्षका लागि रंगमञ्चको गतिविधीबाट बाहिर राख्ने निर्णय गरेको छ ।

साहसी रंगकर्मीको साहसको फल स्वरूप अन्य पीडितको समेत अन्याय बिरुद्ध बोल्ने हिम्मतको सिर्जना भएको छ । यौन दुर्व्यवहारको घटनाबारे शुक्रवार साप्ताहिकले कभर स्टोरी प्रकासन गरेको थियो ।