लौ वितरक नै डेटमा चुके रे ! चलेन ‘रातो टिका निधारमा’

फिल्म निर्माता, निर्देशक, हलवाला तथा वितरक अशोक शर्मा प्रदर्शन मिति तय गरेकै कुरामा चुके रे ! उनको फिल्म ‘रातो टिका निधारमा’ यहि शुक्रबारबाट प्रदर्शनमा आएको छ ।  तर फिल्मको ब्यापार राम्रो छैन ।

फिल्म ‘जय भोले’ प्रदर्शन दशैंमा गरेसंगै उनले दशैं प्रदर्शन एक प्रकारले कब्जा नै गरेका छन् । आफुनै सबै तिर हालीमुहाली भएकोले डेट पाउन गारो छैन उनलाई ।  उनको यहि पहुचको कारण दीपक-दीपा बिच्किएर फिल्म दशैंको टिका  पछी प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

तर फिल्म दर्शकले मन नपराएपछी के लाग्छ र ! उनले ‘दशैं सबै मेरै हो’ भने झैँ गरि फिल्म दशैंमा लगाउने निर्णय गरे ।  तर फिल्म चलेन ।

उनले आफैले फिल्म निर्माण गरेर साम्राज्ञीलाई लिदै छोरालाई हिरो बनाए ।  तर कन्टेन्ट नै राम्रो नभए पछि ‘नेपाली फिल्मलाई माया गर्नु पर्छ’ भनेर कसले फिल्म हेर्छ र ? फिल्मको नाम चर्चित गीत मार्फत राखे । तर कठै फिल्मले पानी पनि भनेन ।  बरु उनले पो पानीलाई कारण बनाए पुर्वमा फिल्म नचल्नुमा ।

यहि बीच उनले अर्को दशैं समेत कब्जा गर्ने प्रक्रिया थालेका छन् सफल फिल्म ‘अल्लारे’ को नाम प्रयोग गर्दै ।  छोरीलाई निर्देशनमा डेब्यु गराउने योजनाका साथ ।

तर न नामले, न स्टारडमले, न त हलमा धेरै शो पाएकोले ।  अहँ केहि गरे पनि उनको फिल्म चलेन ।  फिल्म चल्न त दर्शकलाई सोचेर त्यहि अनुसारको कन्टेन्ट दिन पर्यो नी ।

नाम पछाडी जोडिने धेरै प्रोफेसन भन्दा पनि एउटामा मन लगाएर समय दिएर काम गर्न सके फिल्म चल्थ्यो कि ?