फिल्म ‘रिजन अफ रिया’ शुभ मुहुर्त

फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको छ ।

फिल्ममा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी लगायत रहेका छन् । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन् । फिल्मका निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् । यस्तै फिल्ममा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।