रीचाको विवाह आज ?

कलाकार रिचा शर्माले साथीहरु बीच केहि दिन अघि ब्याचलर पार्टी मनाइन् । उनको बिवाह यहि मंग्सिरमा हुदै पनि छ । तर आज सार्वजनिक तस्विरले भने उनको बिवाह आज नै पो हुन लागेको हो की भन्ने भान परेको छ ।

व्यक्तिगत जीवनलाई अन्य नायिका झैँ छताछुल्ल पोख्न नचाहने उनका धेरै बिषय गोप्य नै रहन्छन् । उनले अरुले झैँ प्रेमीसंगका तस्विर समेत सार्वजनिक गरेकी छैनन् भने अन्तर्वार्ता त टाढाको कुरा भयो ।

आज उनले सामाजिक संजालमार्फत रातो सारी र रातो चुरा लागाएको हातको तस्विर सार्वजनिक गरेकी छन् । साथै उक्त तस्विरमा एक पुरुषको खुट्टा समेत देख्न सकिन्छ ।

के कतै गोप्य रुपमा उनी बिहे त गर्दै छैनन् आज ? जे होस् उनलाई नया जीवनको शुभकामना।