को हुन् त ॠचाका हुनेवाला पति ?

भर्सटायल कलाकार ॠचा शर्माको बिवाहको मिति सार्वजनिक भएको छ । उनले सामाजिक संजाल मार्फत बिवाहको निमन्त्रणा पत्र सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएकी छन् । यहि सनिवार अर्थात मङ्सिर २१गते उनी बिवाह बन्धनमा बाधिदै छिन् ।

पारिवारिक सहमति समेत प्राप्त गरिसकेकीॠचा लामो समयबाट दिपेक्ष्य राणासंग रमाउदै छिन् । आफ्नो व्यक्तिगत जीवनलाई संचार माध्यममा ल्याउन मन नपराउने उनको प्रेम लामो समय सम्म गुपचुप नै रह्यो । र अन्तत उनले बिवाहको नै जानकारी सार्वजनिक गरिन् ।
लामो समय फिल्म क्षेत्रमा बिताईसकेकी उनी पछिल्लो समय व्यवसायमा समेत आबद्ध भएकी छन् । पांग्रा रेस्टुरेन्ट संचालक उनले आफ्नो जीवन साथि समेत सोही क्षेत्रकै रोजेकी छन् ।

को हुन् त रीचाका हुनेवाला पति ?
सिंगापुर र अमेरिकामा अध्ययन गरेर फर्किएका राणा काठमाण्डौका स्थाई बासिन्दा हुन् । फुड बारबारेज क्षेत्रका अनुभवी राणा व्यवस्थापन क्षेत्रमा समेत दखल राख्छन् । होटल अन्नपूर्ण, स्टेट अल्ट्रा लाउन्जमा काम गरिसकेका उनी हाल लाबिम मलका जेनेरल म्यानेजर रहेका छन् ।

दुवैलाई बैवाहिक जीवनको सफलताको शुभकामना।