रीमालाई श्रीमानको खाँचो !

कमेडी च्याम्पियन आए संगै रीमा विश्वकर्माको एउटा मात्रै चर्चा छ ,’सम्बन्ध बिच्छेद’ को ।

लामो समय चुप बसेकी उनको यो वियोग अहिले खुलेर आएको छ । हुन त चर्चा गर्न अरु बिषय पनि के नै छ र च्याम्पियन बाहेक ।


च्याम्पियनको कुनै एक एपिसोड होला जहा रीमाको श्रीमान नहुनुको पिडा ब्यक्त नगरिएको होस् ।

आगामी एपिसोडको ट्रेलर सार्वजनिक भएको छ । त्यहाँ पनि उनलाई श्रीमान नभएकैमा पिडा छ ।

सन्तानको बिषयमा भएको कुराकानीको क्रममा, ‘सन्तान पाउन पार्टनर चाहिन्छ’ भन्दै आफ्नो पिडा ब्यक्त गरिन् ।

यस अघि समेत कहिले जज मनोज गजुरेलसंग उनको नाम जोडीन्छ, त कहिले एक प्रतियोगी मेक्सम गौडेललाई मायाले ‘मेलो बेबी’ भन्दै नाजिकिन्छिन् ।

के रीमालाई पार्टनरको खाचो यति धेरै भएको हो र ?