प्रहरी र रेखाको ‘मुस्कान’

अभिनेत्री रेखा थापा हक्की स्वभावकी छन् । आफुलाई चित्त नबुझेको बिषयमा रियाक्ट गर्न नहिच्किचाउने उनको बानि सबैले मन पराएका पनि हुन्।

चर्चामा आस्था राउतको प्रहरी संगको भनाभनको बिषय रहिरहदा उनले भने मुस्कान सहित एक प्रहरी संगको सेल्फी सार्वजनिक गरेकी छन् ।

उनले उक्त तस्विर एक कार्यक्रमका लागि माघी मेला बर्दियामा सहभागिता जनाउद खिचेकी हुन् । उनले एक तस्विर सार्वजनिक गरे पनि प्रहरी संगै खिचिएका अन्य केहि तस्विर समेत भाइरल भएका छन् ।

उनले तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘माघिको मेला, बर्दिया- सबै सुन्दर मनहरुलाई धन्यवाद !!’