रेनशा र प्रज्ज्वलको इन्गेजमेन्ट

लामो समयदेखि प्रेममा रहेका निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले इन्गेजमेन्ट गरेका छन् ।

उनीहरुले एक कार्यक्रममा आफन्तका विचमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले बैशाखको २४ गते विवाह गर्दैछन् । आइकोर फिल्मस्का मालिक समेत रहेका प्रज्ज्वलले नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’ र ‘मेरो एउटा साथी छ २’  निर्माणको तयारी समेत गरेका छन् ।